![]() |
|
![]() |
||||
|
International Nepali Literary Society-Germany |
||||||
|
|
||||||
|
|
|
|
|
|||
|
|
||||||
|
|
|
|||||
|
|
|
|||||
|
बिशेष सहयोगी पुरू
सुवेदी
सम्पादक मण्डल
सुरेन्द्र विष्ट
गोपीकृष्ण प्रसाई मनिषा
भट्टराई
सम्पादन सहयोगी रूद्र
सुब्बा
सरोज चुडाल
काठमाडौं प्रतिनिधि किशोर उप्रेती
डिजाईन/ लेआउट
सुरेन्द्र विष्ट
पत्राचार ठेगाना INLS Germany C/O Gopi Prasai Orberstr. 16 14193 Berlin
ई-मेल ठेगाना |
|
|
||||
|
|
||||||
|
|
||||||
|
|
|
|||||
|
|
||||||
|
|
||||||
|
|
||||||
|
|
||||||
|
हामी अनलाईनमा गयौं
गत जनवरी २००५ मा बर्लिनमा न्वारन गरिएको साहित्यिक संस्था- अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जर्मनीले अहिले आफ्नो दुई बर्षे यात्रा तय गरिराखेको छ । करिव दुई बर्षे अन्तरालमा यो संस्थाले साहित्यिक एवै बौद्धिक गतिविधिहरू नियमितरूपमा सञ्चालन गर्दै आईरहेको सत्य तथ्य सबैलाई विदितै छ । आजबाट हामीहरू फेरी लालीगुराँसको प्रकाशनलाई छापाबाट अनलाईनमा रूपान्तरण गर्न लागिपरेका छौ । मुलतः यस अनलाईनमा आबद्ध हामी सम्पादक मण्डलका सदस्यहरूको आफ्नै बाध्यता एवं जर्मनीमा स्थायी बसोवास गर्ने केही सहयोगी मित्रहरूको सल्लाह र सुझावलाई मध्यनजर राख्दै हामी अनलाईनतिर मोडियौं ।
यस रूपान्तरण कार्यका लागि हाम्रो होष्टेमा हैंसे मिलाई दिनु भएर हामीलाई हाम्रा संरक्षकद्वय डा. मदनकुमार भट्टराई र प्रल्हादकुमार प्रसाईले ठूलो गुन लगाउनु भएको छ । साथै अनलाईन पत्रिकामा बिज्ञापन उपलब्ध गराउन शिर्षभूमिका निभाउनुहुने डा. केदार प्रधान, कमल निरौला, राम थापा, दिलबहादुर गुरूङ्ग, दिनेश मानन्धर, सन्तोष भट्टराई, सञ्जय श्रेष्ठ लगायत नेपाली राजदूतावास बर्लिनलाई समेत मुरी-मुरी धन्यवाद ज्ञापन गर्न चाहन्छौं । साथै आफ्नो जोश र जाँगर देखाई यस अनलाईन पत्रिकालाई लेख-रचनाको माध्यमबाट सहयोग पुर्याउनु हुने सबै विद्वतवर्गमा हामी आभार प्रकट गर्दछौ ।
साहित्यको रचनात्मक थलो लालीगुराँस अनलाईन तपाइँ हामी सबैको साझा चौतारी हो । आउ साथीहरू यहाँ एकछिन थकाई मारौं, अव्यक्त पीडा र अँध्यारा दिनहरूको दोभानलाई दिशा परिवर्तन गरौं, नेपाली साहित्यको उच्छवासलाई यहाँ आई सुसेलौं । यहाँ असार लागेको छ, हल-गोरू साउन सकिन्छ, बाउसे बन्न पाईन्छ, रोपाहारहरू हातमा बीउ लिएर असारे गाईरहेका छन्, त्यसैले त यहाँ लोकभाकामा तालमा ताल मिलाउँदै मुर्झाउन पाईन्छ ।
साहित्यिक रोदीको दर्पण लालीगुराँस अनलाईनमा जुहारी खेल्दै सैलुङ्गे डाँडातिर चौंरीको लस्करसंगै काराभानको सौगात पस्कन सकिन्छ । यहाँ मायाको अनुपम गहिराईमा डुबेर तन्नेरी सपनाहरू साँच्दै नेपालकै भिर-पखेराहरूको भाखा सुसेल्न पाईन्छ ।
त्यसैले साथीहरू मनका तिर्सना, प्रीतका बेदना, संघर्षका भारी पल्लाहरू एवं ओठले मागेका रंगिन क्षितिजहरूलाई आत्मसात गर्दै यो विश्वब्यापी सन्जालको आकासगंगामा हामीहरू संगसंगै बिचरण गरौं, गगनचुम्बी सपनाहरूको एउटा ध्यानाञ्चल पर्वतलाई लालीगुराँस अनलाईनमा ल्याई समाहित गरौं । लालीगुराँस सौर्न्दर्यताको प्रतिक, लाक्षणिक नशा र यौवनको प्रतिक, सभ्यताको प्रतिक, र राष्ट्रियताको प्रतिक त्यसैले यसलाई सजाउँदै जोगाई राखौं । मन पनि रातो होस्, इच्छाहरू लालीगुराँस जस्तै रातापीरा हुँदै जाउन संसारमा । अस्तु ।
-
सम्पादक मण्डल |
म बालक
- आकृति पौडेल ज्ञान पनि म नै हुँ विज्ञान पनि म नै हुँ विश्वभर चिनिने सुन्दर वालक म नै हुँ ।।
अशिक्षा, अज्ञान र अन्धकार पनि म नै हुँ देशको वर्तमान र भविष्यको उज्यालो पनि म नै हुँ ।।
राग, द्वेश र कलहको बीउ पनि म नै हुँ । माया, प्रेम र सदभावको मिलन विन्दु पनि म नै हुँ ।।
मानव पनि म नै हुँ दानव पनि म नै हुँ देवता पनि म नै हुँ ।।
अध्याँरोमा उज्यालो र्छर्ने ज्योति पनि म नै हुँ देशको सुनौलो भविष्य कोर्ने सुन्दर हात पनि म नै हुँ ।। - बर्लिन, जर्मनी ।
|
|||||
|
एउटा फूलको अवसान - रूद्र सुब्बा
नजिकैको बुकि फूल टिपेर किरणले अरूणिमाको चुल्ठोमा घुसार्दै भन्दै थियो, "अरूणिमा, मेरो खुशीहरू भित्र तिमी, मेरो मनका तरङ्गहरूमा सँधै सँधै तिमी । तिमी विनाको जीवन एउटा नकोरिएको सादा कागज जस्तै हुनेछ ।" त्यसपछि अरूणिमाले पनि सुष्क हाँसो र रोदन मिश्रति भावमा भन्दै थिर्इ, "हरेक आँखाहरूले देख्ने सपनाहरूमा तिमी छौ भने अब तिमी विनाको अर्को संसार कसरी सोचौं र -" यस्तै यस्तै प्रेमालापहरू गर्दै किरण र अरूणिमा ककनी डाँडाको एउटा सानो चौरमा बसिरहेका थिए । सुर्यले पश्चिम क्षितिजबाट धुमिल प्रकाशका किरणहरू गणेश हिमालको टुप्पा टुप्पामा पुर्याईसकेको थियो त्यसबेला ।
आज उनीहरूको अन्तिम मिलन थियो किनभने भोलीदेखि दुवैको कलेज विदा हुँदै थियो । दुई बर्षदेखिको उनीहरूको प्रेम यात्रा नचुँडिने धागो झै एक बन्धन थियो । मानौ ती यूगल जोडीहरू धरतीको सुन्दर बगैचाको फूलहरू थिए ।
तीन महिना पश्चात पूःन कलेज शुरू भयो । किरणलाई पहिलो आँखाको दृष्टिमा देख्ने सपनाहरू बोकेर अरूणिमा कलेज हतारिंदै पुगिन् । तर अफसोच ! आज उ कलेज आएन । किरणप्रतिको अरूणिमाका भावनाहरू टुक्रा टुक्रा भए । त्यस दिनभरि नै अरूणिमाले अन्धकार देखिन् । आजभोली भन्दै महिनादिन बिते तैपनि किरण फर्केन । क्याम्पस प्रशासनबाट किरणको घरको ठेगाना लिएर हुरिदै अरूणिमा पोखरा पुगिन् । ठेगाना सोधखोज गर्दै उनी भिमसेन चौकमा पुगिन् तर त्यहिबेला बाजागाजा सहित एउटा जन्ती बाटोपारीबाट आउँदै थियो । रातो तुलमा ठूला-ठूला अक्षरमा लेखिएको थियो किरण + आशा । अरूणिमाले भिडमा अनायासै सोधिन "कसको बिहेको रहेछ आज यहाँ" जवाफ थियो "किरणको...." यो सुनि नसक्दै उनले गाडि भित्र सजिएका दुल्हा र दुलहीलाई देखिन् ।
धोकेबाज ! यति भन्दै उनी सेती नदीतिर दौडिईन । भोलीपल्ट नदी किनारमा अरूणिमाको प्राणविहिन शरिर र उनले किरणलाई लेखेको अन्तिम पत्र पानीमाथि तैरिरहेको थियो । जसमा लेखिएको थियो .....प्रिय किरण.....तिमी भन्ने गथ्र्यौ मेरो संसारभित्र तिमी....तिमी विनाको जीवन एउटा नकोरिएको सादा कागजजस्तै भनेर आदि.....आदि....। मैले तिमीजस्ताको यो स्वार्थी संसारमा नबाँच्ने प्रण गरें । सुखमय रहोस् दाम्पत्य जीवन....शुभ-विवाहको शुभकामना.......।
त्यसैबेला मानिसहरूको हुलबाट निस्केर दुलाहा किरणले उक्त पत्र पढ्यो । "हे...भगवान...म त्यो किरण होईन भन्दै उ चिच्यायो र भन्यो काठमाडौं पढ्न जाने किरण त मुटुको व्यथाले छट्पटिएर विगत दुई महिनादेखि अझैसम्म गण्डकी अस्पतालमा मुर्छित अवस्थामा छ ।" तर.... अरूणिमाको प्राण भने उनको शरिरलाई छोडेर बादल माथि-माथि अकासिदै थियो । - बर्लिन जर्मनी । |
जीवन र कविता
- शरद पौडेल जीवन एउटा यात्रा हो, कविता त्यहि यात्राको अनुभूति । यात्रापछिको विश्राममा पनि आनन्द हुन्छ, जीवन भोगेको क्षणमा पनि आनन्द हुन्छ
जीवन भोगिदै जान्छ, कविता रचिदै जान्छ ।
प्रत्येक सुखमा कविता निस्कन्छ, प्रत्येक दुःखमा कविता निस्कन्छ । जिउने रहरमा पनि कविता हुन्छ, पिउने रहरमा पनि कविता हुन्छ ।
आँसुले पनि लेखिन्छ कविता, हाँसोले पनि लेखिन्छ कविता । जिउनुको महासागरमा, जब जिन्दगीको घडा छचल्किन्छ, कविताको पानी दर्किन्छ ।
आकास जस्तै निलाम्य आकांक्षा बोकेर मान्छे अविरल यात्रामा निस्कन्छ त्यहि यात्राको अनुभूतिमा, जिन्दगीको महाकाब्य उनिन्छ ।
- बर्लिन, जर्मनी
|
|||||
|
लालीगुराँस साहित्यिक संगालो छापाबाट अनलाईन संस्करणमा प्रवेश गर्दैछ, यसमा यहाँको भनाई केही छ कि ? - यो निश्चय नै स्वागतयोग्य कदम हो । म तपाईहरू जस्तो उत्साही यूवाहरूले लालीगुराँस अनलाईन संस्करण शुरू गर्न लागेकोमा तपाईहरू मार्फत सम्पूर्ण लालीगुराँस परिवारलाई बधाई र शुभकामना व्यक्त गर्न चाहन्छु ।
अनेसास जर्मनीकोबारेमा आफूलाई लागेका केही तीता-मिठा कुराहरू छन कि ? - यूरोपको विशेष वातावरणमा जर्मनीमा रहने नेपालीहरूका अफ्नै नीजि समस्याहरू हुँदाहुँदै पनि आफ्नो व्यस्त समयबाट केही क्षण रचनात्मक काममा लगाउने साथीहरूको जोश र जाँगरबाट म प्रभावित छु । धेरै कठिनाईको बावजुद पनि यो संस्था सिर्जनात्मक काममा निरन्तर अगाडि बढिरहेको छ ।
नेपाली आधुनिक साहित्यको दिशा र भविष्य कस्तो देखनु भएको छ ? - नेपाली साहित्य विधाले नेपालमा रहने र प्रवासमा रहने समेत गरी ठूलो जनसंख्यालाई अँगाल्ने कारणले पनि यसको भविष्यप्रति म विश्वस्त छु । तापनि यस क्षेत्रको गतिशिल उन्नति र विकासको लागि चुप रहने बेला छैन् । समय अनुसार यसको विकास र उत्थानको निमिक्त सबै चनाखो हुनुपर्दछ भन्ने मलाई लाग्दछ ।
तपाइँ साधारणतया कस्ता प्रकारका पुस्तकहरू पढ्न रूचाउनुहुन्छ ? - शायद तुलानात्मकरूपमा सुख्खा विषय अन्तर्राष्ट्रिय सम्बन्धको विद्यार्थी भएर हो कि म कुटनीतिज्ञहरूको जीवनी, कुटनीतिका विविध पक्ष र यसका भूमिका बारेका पुस्तकलाई बढि रूचाउँदछु । तैपनि नेपालको विषयमा छापिने सबै कुराहरू पढ्न मनलाग्छ ।
तपाइँ एक कुटनीतिज्ञ, नेपाली इतिहासको बारेमा खोजमूलक लेखहरू पनि लेखिरहनु भएको मान्छे, लेखकीय र जागिरे जीवनको तुलना कसरी गर्नुहुन्छ ? - सोझो अर्थमा दुईबीच सम्बन्ध भएतापनि किन हो मेरो अध्ययन र अनुसन्धानमा कागताली परेर हो कि जागिरे जीवन पूरककै रूपमा देखिएकोछ । मेरो अध्ययनको ठूलो अंश सरकारी सेवासंग जोडिएको छ । शायद कुटनीतिको क्षेत्रमा नभएको भए मेरो जीवनले अर्कै मोड लिँदो हो ।
तपाइँको बुझाईमा जिन्दगी के हो ? - जिन्दगी भनेको अविरल साधना र प्रेरणात्मक अभिव्यक्तिको वाहक हो । समय समयमा परी आउने चुनौतिलाई सामना गर्दा इमान्दारी र वास्तविकतामा आधारित भएका सबै कुरा लगनशीलता, समय र परिस्थितिबाटै ठीक हुन्छ भन्ने मेरो सोचाई छ ।
- म साहित्य, कला र संगित विहीन मानिस भएको हुनाले एक विद्धानको परिभाषामा के भएँ आफैलाई बताउन गाह्रो हुन्छ । मलाई मनपर्ने साहित्य नेपाली लोक साहित्य हो भने रूचि भएको उपासकमा लक्ष्मीप्रसाद देवकोटा हुन् ।
कुटनीतिमा साहित्यको महत्व कति छ ? - साहित्य ठूलो वरको रूख हो, जसको अनेक हाँगाविंगामा कुटनीति पनि पर्दछ । कुटनैतिक साहित्य अहिले निकै झाङ्गिएको विधा हो र यसको निरन्तर विकास भैरहेको छ ।
मनपर्ने विश्वविख्यात कुनै पाँचजना व्यक्तित्वको नाउँ भन्नु पर्दा क-कसलाई छान्नु हुन्छ ? - यो सूचि ठूलै हुन्छ अनि त्यसरी सूचिवद्ध गर्दा अरू धेरै नामहरू अगाडि आउँछन् । तैपनि सरसर्ती विचार गर्दा आउने नाउँहरूमा जवाहरलाल नेहरू, तेङ सियाओ फिङ, अटलविहारी बाजपेयी, ली क्वान यू, प्रो. हेनरी ए. किसिन्जर हुन् ।
तपाइँले अन्तराष्ट्रिय सम्बन्धमा गर्नु भएको उच्व विद्यावारिधि (डि.लिट.) र नेपालको वर्तमान सन्दर्भमा यसको उपादेयताबारे छोटो टिप्पणी दिनुहुन्थ्यो कि ? - मेरो अध्ययन विशुद्ध व्यक्तिगत साधना भएको र मेरो भारत बर्साईको समयलाई अधिकतम सदुपयोग गरौं भन्ने भावनाले अभिप्रेरित भएको कारणले यसको उपादेयता अन्यत्र नहुन सक्तछ । तर यो कार्यक्रम मेरो आफ्नो भन्दापनि परराष्ट्र मन्त्रालयका प्रशस्त प्रतिभाशाली मित्रहरूको अविस्मरणीय देन प्रतिविम्बित भएको ठानेको छु ।
अन्त्यमा, आफूलाई जीवनमा प्रिय लाग्ने कुराहरू के के हुन बताईदिनु हुन्थ्यो कि ? - आफूलाई जति अप्ठेरो परेपनि अरूलाई भलो गर्न सकियोस् र सबैको उन्नति, प्रगति र उत्थान होस् भन्ने विचार नै मेरो सर्वोपरी महत्वको छ । साथै यो भन्दापनि बढि आफ्ना विरोधमा लाग्नेलाई सहयोग गर्न मौका पर्ने क्षण जति प्रिय अरू मलाई लाग्दैन् । |
मान्छे
- प्रल्हाद प्रसाई ब्रम्हाण्डको दिव्यतम सृष्टि प्रकृतिको कुशल कारिगरी सृष्टिको सुन्दर उपहार मान्छे
प्रकृति र ब्रम्हाण्ड जस्तै यसको सुन्दर सृष्टि पनि आफ्नै निम्ति मात्र होइन अरूको निम्ति पनि सिर्जित हो
तर आज मान्छेले नैर्सर्गिक गुण गुमाउदै गएको छ कृतिम चरित्रहरु थुपार्दै छ आत्मकेन्द्रीत हुदैछ मान्छे दिनानुदिन स्वार्थी र असामाजिक हुँदैछ मान्छे बढी व्यक्तिवादी हुँदैछ मान्छे
जसरी ब्रम्हाण्ड र प्रकृति मूलतः आफ्नो निम्ति नभएर अरुको निम्ति सिर्जिन्छन् त्यस्तै मान्छेले पनि अरुको निम्ति पनि जिउन जान्नु पर्छ लाग्छ यो मान्छेको सृष्टिको अर्थ हो लाग्छ यो मान्छेको उत्पत्तिको गन्तव्य हो । - बर्लिन, जर्मनी |
|||||
|
गीत
- हरिसिंह थापा
यसपाली पनि मुग्लानमै वित्ने भो दशैं र तिहार साउने झरी झैं मन रून्छ धरर ओहो सम्झेर गाउँघर ।
वर्षाको बेला झरी र बादल पटुका कसेर लेक वेसी धाउँदै रूँदिहुन प्रिय डाँडैंमा बसेर ।
लर्कदो जोवन ढल्कदै गईगो दिन विते वेसरी साहुको ऋण नपुराइकन जाउँ पनि कसरी ।
यसपालि पनि मुग्लानमै वित्ने भो दशैं र तिहार साउने झरी झैं मन रून्छ धरर ओहो सम्झेर गाउँघर ।
दशैंको वेला साथीभाइ भेला लिङ्गेपिङ सरर सम्झेर छोरा बाउआमा वरा रूँदाहुन वरर ।
झन सम्झी ल्याउँदा चिरिन्छ छाती बुझाउँ मन कसरी भरिन्छ गह छल्किन्छ आँसु मन रून्छ धरधरी ।
यसपाली पनि मुग्लानमै वित्ने भो दशैं र तिहार साउने झरी झैं मन रून्छ धरर ओहो सम्झेर गाउँघर ।
- अध्यक्ष, नेपाली साहित्यिक विकास परिषद, यु.के. |
||||||
|
कवि र जिम्मेवारी - कृशु क्षेत्री कवि जंगलमा कविता लेख्न एक्लै टोलाइरहेको छ कविकै छेउमा उफ्रदैं खेलिरहेको छ भरखरै जन्मेको मृगको बच्चा ...
जंगलमा सिंह छ बाघ छ चितुवा छ ब्वाँसो छ भालु छ सबै भोकाएका छन् यस्तो बेला आमाको दूध खाँदै गरेको त्यो मृगको बच्चा बचाउनु पर्ने जिम्मेवारी छ कविमाथि ...
घाँसे मैदानमा अजिंगर छ गोमन सर्प छ करेत छ एनाकोण्डा छ यस्तोबेला घाँस चर्दै गरेको त्यो मृगको बच्चा बचाउनुपर्ने जिम्मेवारी छ कविमाथि...
छेउको समुद्रमा गोही छ सार्क छ हृवेल छ अक्टोपस छ यस्तो बेला तिर्खाएर पानी खान किनारमा उभिएको त्यो मृगको बच्चा बचाउनु पर्ने जिम्मेवारी छ कविमाथि...
नीलो आकाशमा बाज छ चिल छ गिद्ध छ चमेराहरु छन् यस्तोबेला घाम तापेर निदाइराखेको त्यो मृगको बच्चा बचाउनु पर्ने जिम्मेवारी छ कविमाथि...
छेउको शहरमा भगवान छ राजा छ नेता छ सेना छ बिद्रोही छ र, सबैको नंग्रा पलाएको छ दाह्रा उम्रिएको छ बन्दुक बोकेर शिकार खेल्न जंगलतर्फ दौडदैं गरेको दृश्य छ यस्तोबेला खेल्दै उफ्रदैं गरेको त्यो मृगको बच्चा बचाउनु पर्ने जिम्मेवारी छ कविमाथि...
चारैतिर असुरक्षाको घेरामा मृत्युको मुखमा परेको त्यो मृगको बच्चाको सुरक्षित भविष्य सोचेर अहँ ! कविले लेख्न सकेन कुनै नयां कविता...
- ढाका, बंगलादेश ।
|
बर्लिन शहर
- किशोर उप्रेती
बर्लिन शहर झिलिमिली आँखाहरू टोलाई रहे परदेशिएको मन भित्र आफन्तसमेत हर्राई गए ।
नौलो देश नौलो ठाउँ आफै भित्र हाँसि हिँडे आधुनिकताको शहरभित्र घुम्दै रम्दै चुर्लुम्मै डुबें ।
विज्ञानको उत्कर्षे बर्लिन शहर नाँचि हिँड्छ स्वदेशको सम्झनाले तुलनात्मक अध्ययन दिन्छ ।
धर्म र संस्कृतिको नौलो स्वाद चाख्न पाईयो यूरोपेली सभ्यताको नौलो आयाम देख्न पाईयो ।
मेशीन जस्तो जिन्दगानी मेशिन जस्तै काया देखेँ अलेक्जेण्डर टावर चढ्दा धरहराकै छाँया भेटेँ ।
ब्राण्डेनवर्ग गेटै राम्रो भान्जेको ताल फ्रान्क्फर्ट शहर घुमि आउँदा बल्झियो माया जाल ।- बर्लिन, जर्मनी |
हिउँको वर्षा
- गोपीकृष्ण प्रसाई बर्लिन शहर यतिखेर हाँसिरहेको छ बर्सेको हिउँ देखेर यान्त्रिक पीडाले थिचिएको शहर मन हलुङ्गो पार्दैछ हिउँका कविता लेखेर,
पिउँ पिउँ लाग्ने जिउँ जिउँ लाग्ने त्यो हिउँ हो कि मोती ? आँखा एकोहोरिईरहे चश्मामा पावर छ तर सृष्टिको चमक मलाई चहकिलो वनाई रहेछ त्यो हिउँको ज्योति एकैछिनमा मज्जा दिने त्यो धवल विहानी सुषुप्त जिजीविषा जाग्दो छ जवानी झरेछन् आँखाबाट हिउँलाई हेर्ने पानी हेरिरहेछु हिउँको वर्षा कसैलाई नभनी
विहान पनि हिउँ जस्तै सफा होस् मन पनि हिउँ जस्तै कञ्चन होस् तर यो मृगतृष्णा क्षणभरमै खरानी बन्छ हिउँ र्झन छाडेपछि म आफैं पग्लन्छु र पग्लेको मेरो मन आफ्नै लागि सिरानी वन्छ एकै छिनमा म कहाँ हो कहाँ पुग्छु र त्यो स्वप्निल संसार आफैसंग विरानी वन्छ ।
तापमानमा विश्वास गर्छ मान्छे उग्रताप जन्माएर पग्लन्छ हीन वसन्त जन्माएर अग्लन्छ कुण्ठाग्रस्त मन वोकेर चिसिन्छ मृतसागरमा सुतेरै पनि थिचिन्छ उसको अविवेकी मन उसको अस्थिर तन आखिर प्रकृतिबाट छुट्दै गएको छ प्रकृतिलाई विजय गर्ने धुनमा उसले आफैलाई लुट्दै गएको छ ।
संयन्त्रको मान्छे साधनहरूको मान्छे मेशिन जस्तो देखिन्छ थोरै वोल्छ तर पनि भाषा वुझिदैन बाटो देखाइ रहन्छ तर पनि दृष्टान्त भेटिदैन त्यसैले साथी यो हिउँ देख्दा लाग्छ यही आकाशमा उडिरहुँ जमीनमा सेताम्ये हिउँ छ जमीन माथि कुदिरहुँ असीम आनन्द लाग्छ असीम प्यार जाग्छ सिर्फ हिउँ पर्दा सिर्फ चिसिएको पानी झर्दा
त्यतिवेला म प्रकृतिमा लीन भएको हुन्छु त्यतिवेला म प्रकृतिकै भाषा मात्र सुन्छु आज संसारमा कसैको हत्या हुन्छ भोली कोही आत्महत्यामा सरिक हुन्छ पर्सि कसैको रगतबाट कोही आफ्नो शरीर धुन्छ यी सारा निरन्तरताको पराकाष्ठा मान्छे आफ्नो सिद्धान्त वनाइरहेछ आफ्नै मृत्युको खाडल खनाइरहेछ
रेडियोधर्मी किरणको सिर्जना यान्त्रिक होडवाजीको तिर्सना यावत कुराले प्रकृतिलाई रूवाईरहेछन् आफ्नै आमालाई मान्छेहरू विषको लड्डु खुवाइरहेछन् तर पनि इश्वरको हाँसो पाएर सृष्टिका जीवहरू हाँस्न खोज्छन् जिउनलाई प्रकृतिको आर्शीवाद पाएर स्वतन्त्र भै जिउन खोज्छन्
यो प्रान्जल हिउँको वर्षामा प्रकृतिको अलौकिक हर्षमा मान्छेले थोरै सन्देश मात्र लिए धेरै हुन्थ्यो थोरै ज्ञान मात्र लिए दैवको मन छुन्थ्यो तर के देख्ला मान्छेले सेता हिउँमा भगवानका वाणीहरू तर के देख्ला मान्छेले सेता हिउँमा वाँच्न खोज्ने लाखौं प्राणीहरू उ त भन्छ चिसोबाट वच्न रूम हिटर चाहिन्छ बाहिर ननिस्क साथीहरू हो ! यो हिउँबाट नराम्रो धोका खाईन्छ ।
-बर्लिन ।
खुशी साँटन पाए हुन्थ्यो
- इन्दिरा चाम्लिङ्ग सुनसान अँधेरी रातमा जूनको उज्यालो बोकेर आयो कोही जलि रहेंथे भित्र-भित्रै शितल पवन बनेर आयो कोहि, निश्चल एउटा पोखरीमा बिस्तारित तरङ्ग बनेर आयो कोही शून्यताको एकान्त अन्तष्करणमा सुमधुर संगीत बनेर आयो कोही
त्यसैले त, आज भोली म पीडा बिर्सर हाँस्न थालेको छुकेवल उसैकालागि ब्यथा भूलेर, अन्धकारपूर्ण मायाको बस्तीभरी जूनको उज्यालो बोकेर आयो कोही सम्हाल्नै नसकिने असिमित खुशी बोकेर आयो कोही,
आज-भोलि म खुशीमा डुब्न थालेको छु खोसिने पो हो कि कतै भनि.... शंका र्रर् इष्र्याले जल्न थालेको छु बाल्न त मैले उसैको नाउँमा लाख बत्ति बालेको छु, चिरायुको कामना गर्दै, लुकाएर नसक्ने अर्न्तहृदयबाट भन्छु म त उसलाई साँचो माया गरेको छु हेरे हुन्छ नशा-नशामा उसैको नाम कोरेकी छु, उसले जस्तै मैले पनि एउटा सपना देखेकी छु अनिंदो रहेरै रातभरी प्रेम-पत्र पनि लेखेकी छु यस्तो लाग्छ सँधै, आजै भेटन पाए हुन्थ्यो एक आपसमा खुशीहरू, साँटन पाए हुन्थ्यो यो भन्दा नि गाढा मायाँ अझै उसैले लाए हुन्थ्यो । |
||||
|
You and I
- Saroj Chudal
It was 23rd November when our story begins with a strong belief this never ends want for each other grows with a pace of time thinking in mind I am your and u are mine
I still remember the day when I first first saw your face I was never interested as my frame of mind was in a different race
the world was changing and the time was passing by alone u were and so was I never had I known that u liked me huge distances parted u and me
you always had a desire u had a thought to make me yours, to impress me a lot but circumstances didn't go in your favour inspire of rejecting u I couldn't belong to any other
I was a great mistake on my part to make u cry difficult were your nights somehow the days passed by slowly and gradually I began to like you happiest soul u were when I said I love you
every night u come in my dream lots and lots of joys u bring you come near and stay next to me delight I am when u speak to me
you are not only in my heart u have become my heart I believe it not goanna be so easy to depart my love for u will never change though I may sometimes behave strange you are the one who taught me life's essence but I feel it becomes worthless without presence - Berlin, Germany |
||||||
|
The Call
- Umesh Pandey
The destitute, the imperious, who would win? The lover, the forgiver, they wouldn’t begin The liners, the miners, all they have to say Get out! Get going! Time not just to pray.
The imperial, the iconoclast, taste of mischievous blood The politico, the legion, prediction of a frantic flood The cry, the hunger, subconscious begin of a brawl The domain, the Nepal, if deluded then see it all fall. - Berlin |
||||||
|
लोग्ने मान्छे
- सीता सुब्बा
हाम्रो बिहे भएको झण्डै पाँच बर्षनाघिसकेको थियो । मबाट कुनै सन्तान नभएपछि त्यो घरबाट म अतिनै अपहेलित भैसकेकी थिएँ । सासुआमाको हातबाट कति मेरा केशका टुक्राहरू चुँडिए अनि लोग्नबाट समेत तीखा बाँडरूपी अप्रिय बचनहरू प्रहार हुन्थे कति । शुरू-शुरूमा सबै ती अप्रिय घटनाहरू औंलामा गन्थे, त्यसैगरी समय बित्दै गयो । मैले सबै घटना गनेर पनि साध्य नहुने भएकोले सबै भाग्यकै फलहो भनि जीवनसंग मिलाई दिएँ ।
हुन त म त्यस घरकोलागि नोकर्नीभन्दा पनि तल थिएँ । गाँउलेहरूले के सल्लाह दिए उसलाई कुन्नि त्यो त मलाई थाहा भएन, तर एकैचोटी अदालतमा मेरो औठाको छाप र सहि गर्राईयो । मसंग बैवाहिक सम्बन्ध विच्छेद गर्राईएको रहेछ । म त सँधैको लागि नै चुप तथा मौन थिएँ । जे होस् मलाई त्यस घरबाट निकालियो र त्यसको केही दिनमै उसको दोस्रो विवाह भयो । मेरो पनि अर्कैसित विहे भयो । आज मेरो सात बर्षो छोरो छ । उसले त तेस्रो पटक पनि बिहे गरिसकेछ । सञ्जोगले म छोरालाई स्कूल ल्याउँदा र लैजाँदा त्यै घरमुन्तिरको बाटो भएर जानु पर्छ । कहिलेकाँही त बाटोमा भेटपनि हुने गर्छ तर बोलचाल भने हुँदैन । तर उसको अनुहारमा वितृष्णाका रेखाहरू म स्पष्ट पढ्न पाउँछु ।
एकदिन छोराको स्कूलबाट र्फकदै गर्दा उसले बाटो छेकेर भन्यो, "राधा, तिमीले जित्यो मैले हारें । भगवानको अप्रत्यक्ष खेल बुझन सकिन ।", मैले भने "ए.....! हो..र.. हार र जीतको बाजी त तिमीले पो खेलेका रहेछौ । फेरी अर्को बिहे गर्नु तिमीहरू चार म तीन जसरी पनि जीत तिमीहरूकै हुनेछ ।" उसलाई के चोट पर्यो कुन्नि भोलीपल्ट उ त उसैको घरमाथि अम्बाको रूखमा डोरीको मुन्टो बनेर फलिरहेको थियो । - बर्लिन जर्मनी । |
||||||
|
बलेवाका मामा
- होमनाथ सुवेदी
बलेवाका मामा दमकभरका पण्डित ठुला थियौ ज्ञानी ध्यानी वदन रसिला दन्त सुकिला यता आऊ च्याप्छौं स्मृतिपटलमा मातुल-कला छ यो वाचा आमा ! भनिदिनुन है ठाउँ छ खुला ।
गयौ मामा मेरा सकल ममता बञ्चित म छु बितायौ छोडेर विकल टुहुरो चिन्तित म छु थिएँ एक्लै पैलै अझ पनि डुबायौ विकृत छु न मारे है माया वर र परको मन्थन म छु ।
गरें मैले भूलै कतिपय बिते बाहिर दिन न संझेका हैनौं तर पनि भुलें मावल किन ? छ सन्ध्याको कालो व्यवहृत यहाँ हा ! छिन छिन छिनिस् काले तैँले प्रिय परम मामा किन, किन ?
बिताएँ पैसामा अलिकति बचेको युवतिमा जुवा खेली खाएँ तर अगतिलो त्यो व्यसनमा बचेको मौकामा पनि तरल रक्सी छिन छिन पिई फालें मैले समय बितिगो के गरूँ झन ।
छ रोएको नाथे हवन सब भो कालकुटमा छ ढोएको पाले डलरसित सुत्ने निकटमा न जानेको कालो करतुत कहाँ काल महिमा डुबिस् रोइस् ऐले मृतक प्रिय मामाको निधनमा ।
अमेरिका आई तलवितलमा आश्रति म छु गयौ मामा स्वर्गै अझ बिछुडिएको झन म छु फुटे मेरा आँखा धन-पति-त भान्जो द्रवित छु क्षमा देऊ मामा गुरुवर थियौ लज्जित म छु । - वुडब्रीज,
भर्जिनिया |
||||||
|
|
||||||
|
|
|||
|
|
Copyright © 2006-2007 INLS Germany All Rights Reserved |
|
|
|
|
Send comments to Webmaster |
|
|
|
|
|
||