|
|
||||||
|
International Nepali Literary Society-Germany |
||||||
|
|
||||||
|
"के हो ठूलो जगतमा पसिना, विवेक । उदेश्य के लिनु उडि छुनु चन्द्र एक ।।" - महाकवि लक्ष्मीप्रसाद देवकोटा |
||||||
|
|
|
|||||
|
|
|
स्वागतम् |
|
|
|
![]() ![]() ![]() ![]()
|
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जर्मनी च्याप्टरको आधिकारिक वेवर्साईटमा तपाइँलाई हार्दिक स्वागत छ । भाषा, साहित्य, र बाङ्गमयका विविध माध्यमबाट विदेशीएका नेपाली मनको भावना एवं विचारहरू पाठकसमक्ष पुर्याउने उदेश्यले जनवरी २००५ मा जर्मनी अन्तर्राष्ट्रिय नेपाली साहित्यसमाजको गठन गरिएको सबैलाई विदितै छ । यसले अमेरिकाको बासिङ्गटन डि.सि.मा रहेको अन्तर्राष्ट्रिय केन्द्रीय कार्यालय अर्न्तगत यूरोपको एउटा सक्रिय हाँगाकोरूपमा रहेर साहित्यिक गतिविधि सञ्चालन गर्दै आईरहेको छ ।
संस्था स्थापना भएदेखि हालसम्म यो संस्थाले जर्मनीमा छरिएर रहेका साहित्य र्सजकहरूलाई प्रोत्साहन गरी उनीहरूबाट नेपाली साहित्य सिर्जनामा निरन्तरता कायम राख्न सक्रिय भई लागिरहेको छ । यसै सिलसिलामा गत जुलाई २००५ मा हामीले जर्मनीबाट पहिलो पटक साहित्यिक संगालो लालीगुराँसको प्रकाशन सम्पन्न गरेको कुरा यहाँ स्मरण गर्नु सार्न्दभिक हुनेछ ।
विदेशमा बसेर नेपाली भाषामा साहित्यिक पत्रिका प्रकाशन गर्नु ज्यादै कठिन कार्य भएको कुरामा कसैको दुईमत नहोला । तापनि सबैको सामूहिक प्रयास एवं दृढ अठोटमा अनेकन बाधा-अड्चनहरूसंग पौठेजोरी खेल्दै हामीले साहित्यिक संगालो लालीगुराँसको प्रकाशन कार्यलाई सम्भव तुल्याएरै छाड्यौं । पत्रिका प्रकाशन भएपछि शुभेच्छुक पाठकवर्गबाट प्राप्त सकारात्मक प्रतिक्रिया, सुझाव एवं हौसलाबाट अभिप्रेरित भै हामीले उक्त साहित्यिक संगालो लालीगुराँसलाई अनलाईन मार्फत निरन्तरता प्रदान गर्ने निर्णय गरेका छौं ।
विश्वमा अहिले सूचना तथा प्रविधिको विकासक्रम चरम बिन्दूमा पुगेको छ । इमेल तथा इन्टरनेट हाम्रो दैनिक अपरिहार्य आवश्यता भैसकेका छन् । यसको उच्चतम विकासले गर्दा संसारभरी भैरहेका विभिन्न घटनाक्रमहरू क्षणभरमै तपाईँ हाम्रो कम्प्यूटर स्क्रीनमा देखापर्छन् । सूचना प्रविधिमा आएको यस किसिमको अभुतपूर्व क्रान्तिले विश्वका हरेक कुना-काप्चा एवं गाउँ-गाँउमा इमेल र इन्टरनेटको प्रयोग ब्यापकरूपमा बढ्दै गैरहेको छ । यसै सिलसिलामा हाम्रो साहित्यिक संगालो लालीगुराँस अनलाईनको पहुँच समेत विश्वका बिभिन्न कुना-काप्चामा छरिएर रहेका सम्पूर्ण साहित्यानुरागी नेपाली समूदायमाझ ब्यापक बन्दैजाने कुरामा हामी विश्वस्त छौ ।
अन्त्यमा,
यस लालीगुराँस अनलाईनले
कालान्तरमा नेपाली भाषा,
साहित्य,
र बाङ्गमयको विकासमा
धेरथोर योगदान पुर्याउन
सक्नेछ भन्ने पूर्ण विश्वासकासाथ यसलाई अझ राम्रो तथा स्तरीय बनाउने
कार्यमा शुभेच्छुक पाठकवर्गको निरन्तर सुझाव र सद्भावको हार्दिक अपेक्षा
राख्दछौ ।
लेखकवर्गमा अनुरोध साहित्यिक संगालो लालीगुराँस अनलाईनलाई आफ्नो अमूल्य लेख-रचनाहरू पठाई सहयोग गर्नुहोस् । साहित्यिक संगालो लालीगुराँसको अनलाईन संस्करण पढ्न तल क्लिक गर्नुहोस् ।
अन्तर्राष्ट्रिय
नेपाली
साहित्य
समाज
जर्मनीद्वारा गत जुलाई २००५ मा प्रकाशित साहित्यिक संगालो
लालीगुराँस (छापा
अंक) पढ्न
यहाँ क्लिक गर्नुहोस् । |
![]() ![]() ![]() ![]() ![]() |
|||
|
|
|||||
|
|
Copyright © 2006-2007 INLS Germany All Rights Reserved |
|
|||
|
|
Send comments to Webmaster |
|
|||
|
|
|
||||